चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्र मा.वि लाहाचोकलाई
पाेखरा | मंसिर २८, २०७९
हेम्जा: माछापुछ्रे गाउँपालिका माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको उपाधि माछापुछ्रे –४,लाहाचोकको महेन्द्र माध्यमिक विद्यालयले जितेको छ ।
पालिकाका ११ वटा विद्यालय सम्मिलित प्रतियोगितामा ११ स्वर्ण ५ रजत र ३ कास्य प्राप्त गरि उपाधि चुमेको छ । रनिङ शिल्ड संगै विद्यालयले नगद १५ हजार , पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
यता ४ स्वर्ण ३ रजत र ३ कास्या प्राप्त गरि माछापुछ्रे मा.वि दोस्रो भएको छ । उदय मा.विले ४ स्वर्ण २ रजत २ कास्याका साथ तेस्रो स्थान पाप्त गरेको छ । दास्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार र ७ हजार ५ सय रुपया पुरस्कार पाप्त गरेका छन् । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ यही मंसिर २५ गते देखि २७ गते सम्म मेहेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा भएको थियो ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

